सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार मुख्यमन्त्रीको निवासको गाडी चलाउने २३ वर्षका युवकमा संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टि भएपछि ती युवकलाई सेती प्रादेशिक अस्पतालको कोरोना उपचार कक्षमा भर्ना गरिएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले बताए।
‘मुख्यमन्त्रीको सधैंको नभई आवासको गाडी चलाउनेलाई कोरोना देखिएको हो। अहिले उहाँलगायत हामी सम्पर्कमा आएका सबै सेल्फ क्वारेन्टिनमा छौं’, ओलीले भने।
मुख्यमन्त्री भट्टसहित उनका परिवारको पनि कोरोना परीक्षणको तयारी भइरहेको छ।
केही दिन अगाडि डोटी पुगेर फर्केको मुख्यमन्त्रीको परिवार बोकेको गाडी तिनै युवकले चलाएका थिए।
सेतोपाटीबाट साभार ।।।
प्रतिकृया