अछाममा शिक्षित प्रतिनिधिकै कार्यकालमा ७ करोड भन्दा बढी बेरुजु सार्वजनिक
Chhalang
2022-06-22
अछामको तुर्माखाँद पालिकामा अघिल्लो कार्यकालमा अत्याधिक बेरुजु रकम देखिए पछि नव निर्वाचित अध्यक्ष डम्बर बि.सीले पत्रकार सम्मेलनको आयोजना गरी पालिकाको बेरुजु रकम सार्वजनिक गर्नु भएको छ।
डम्बर बि.सीले नव जनप्रतिनिधिको रुपमा पालिकाको जिम्मेवारी सम्हाले संगै एक कार्यक्रमको आयोजना गरी पालिकामा हालसम्म भए गरेका गतिविधि र आगामी दिनमा गर्ने कार्यक्रमको बारेमा पनि उत्तः पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको छ ।
तुर्माखाँद गाउँपालिकामा आर्थिक वर्ष २०७४/२०७५ देखि २०७८/२०७९ सम्म विभिन्न शीर्षकमा ७ करोड २५ लाख ९६ हजार बेरुजु रकम देखिएको छ ।
तुर्माखाँद पालिकामा यति धेरै बजेट बेरुजु देखिएपछि पत्रकार सम्मलेनमा सहभागीहरु अचम्ममा परेका छन् ।
विकट जिल्लाको पालिकामा यति धेरै रकम हिनामिनाहुनु जनप्रतिनिधिहरुको लापरबाही मात्र होइन, नियत नै गलत रहेको त्याहाँका नागरिकहरुको गुनासो छ । गाउँपालिकामा विकास हुन्छ भन्ने अपेक्षाका साथ पार्टीगत रुपमा नहेरी शिक्षित व्यक्ति भनी नेपाली काँग्रेसका उम्मेदवार पुष्पराज शर्मा लाई मतदान गरी विजयी गराएको तर उनैबाट धोका भएकोमा पालिकाबासीहरुले पछुताएका छन् ।
प्रमुख प्रतिपक्ष दल कमजोर देखिएको र कर्मचारी प्रशासनको समेत मिलेमतो हुन सक्ने आशंका गरिएको छ ।
स्थानिय तहमा बजेट र अधिकारको दुरुपयोग भई देशै भरका स्थानियतहहरुमा बेरुजु रकम बढ्दो क्रममा रहेको देखिन्छ। नव निर्वाचित जनप्रतिनिधिहरुलाई यस प्रकारको छाप मेट्ने चुनौती र अवसर दुवै बराबर रहेको छ ।
प्रतिकृया