बाबा !
झोलाभरी किताब बोकेर
म पाठशाला नजाँदा के हुन्छ ?
बाबा !
किताबमा लेखिएका अक्षरहरु
मैले नजान्दा के हुन्छ ?
मैले कलम घोटि घोटि
किताबमा भएका अक्षरहरु
खाली कागजमा नउतार्दा के हुन्छ ?
भो,
अब म पाना पल्टाउँदै
यि अक्षर पढ्दिन ?
भो,
अब म घोक्रो सुकाउँदै
रटि रटि यि अक्षरहरु
मष्तिस्कमा अटाउन चाहन्न?
किनकि,
कामै नलाग्ने चिजहरु
मेरो खाली खोपडीमा भर्नु छैन
यसले त !
बेतिथी निम्त्याउँछ
विसङ्गती फैलाउँछ
र,
बेरोजगारी बढाउँछ
केहि समय अगाडि
एम.ए पास गरेका
तल्लाघरे ठुल्दाई
प्रमाण-पत्र पेस गर्दै हिँड्थे
जागिरको शिलशिलामा
आज उनै,
मरुभुमिको तातो घाम तापिरहेछन् ।
उसँगै प्रमाणपत्र विकाउनेहरु भने
आज,
भ्रष्ट्रचारको पहिलो सूचिमा छन
देशको सुरक्षाको निम्ती कसम खाएकाहरु
हत्या
हिँसा
शोषण
बलत्कार
जस्ता घटनाको पात्र
दिनानुदिन बनिरहेका छन् ।।
त्यसैले,
यो किताब पढेर सोच बद्लिदैन भने
परिवर्तन ल्याउँदैन भने
सभ्यता सकिकाउँदैन भने
असल नागरिकको दायित्व बोध गराउँदैन भने,
बाबा !
यस्तो अहंकारी शिक्षा चाहिन्न मलाई
यो गलत किताब पढेर
ठुलो मान्छे बन्नु छैन मलाई ..
कवि , अनिश घिमिरे (खोटाङ)
प्रतिकृया