भदौ २३, बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकाका स्काउट संयोजक चन्द्र बहादुर अयडीको अध्यक्षतामा स्थानिय स्काउट समितिको बैठक संचालन भइ विविध विषयमा छलफल गरि स्थानिय स्काउट मास्टरहरु लाई अनलाइन स्काउट दर्ता नविकरण सम्बन्धि अभिमुखीकरण तालिम IT प्रशिक्षक शिव राज बोहरा द्वारा १ दिने तालिम प्रदान गरियको थियो ! उक्त बैठकमा त्रिवेणी स्काउटले गरेका गतिविधिहरुको समिक्षा गर्दै आगामी दिनमा अझै सक्रियता साथ लागिपर्ने कुरा स्काउट मास्टरहरुले प्रतिवद्धता जनायका छन् ।
साेहि कार्यक्रममा बोल्दै त्रिबेणी नगरपालिका उप-प्रमुख कमला न्यौपानेले त्रिबेणी नगरपालिका हाल स्काउट संचालन भएका विद्यालयमा दर्ता नविकरण गर्न र स्काउट संचालन नभएका विद्यालयमा स्काउट मास्टर छनोट गरी तालिमको व्यवस्था गरी सबै माध्यमिक विद्यालयमा स्काउट अनिबार्य संचालन गर्ने र स्काउटको लागि आवश्यक खर्च व्यावस्थापन गर्न नगरपालिका पछि नहट्ने प्रतिवद्धता गर्नुभयो । सोही कार्यक्रममा बोल्दै त्रिवेणी नगरपालिका स्काउट नगर संयोजक चन्द्र वहादुर अयडीले आगामी दिनमा त्रिबेणी नगरपालिका स्काउटलाई सशक्त र प्रभावकारीयो बनाउन सबै स्काउट मास्टर हरुले लाग्नुपर्नेमा जोडदिदै कार्यक्रमको समापन गर्नुभयको थियो ।
प्रतिकृया