अमेरिकाको क्यालिफोर्नियामा डढेलोका कारण ६ जनाको मृत्यु भएको छ।
डढेलोका कारण पश्चिमी अमेरिकाको धेरै भागमा धुँवा फैलिएको छ।
सान फ्रान्सिस्कोको दक्षिण र पूर्वी पहाडहरुमा सयभन्दा बढी ठाउँमा डढेलो फैलिएको छ।
त्यहाँका अधिकारीहरुका अनुसार १२ हजारभन्दा बढी चट्याङ र हिट वेभका कारण डढेलो फैलिएको हो।
आगोले सयौं भवनहरु जलेका छन्, हजारौं भवनहरु जोखिममा रहेका छन्। शुक्रबार आपतकालीन अधिकारीहरुले केही डढेलो अघिल्लो दिनको भन्दा दोब्बरले बढेको बताएका छन्। त्यहाँबाट एक लाख ७५ हजार मानिसहरु विस्थापित भएका छन्।
१० हजारभन्दा बढी फायर फाइटर्स डढेलो नियन्त्रणका लागि खटिइरहेका छन्।
दुई वटा डढेलो क्यालिफोर्निया राज्यको इतिहासमै सातौं र दशौं ठूलो हो। गभर्नर ग्याभिन न्युसमले न्युज कन्फ्रेन्समा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भयानक विपत्ति घोषणामा हस्ताक्षर गर्न आग्रह गरेका छन्।
डढेलोले उक्त राज्यको एक हजार नौ सय ५० किलोमिटर क्षेत्रफल जलिसकेको छ।
सेतोपाटीबाट साभार ।।।
प्रतिकृया