काठमाडौं । सरकारले ज्ञानप्रसाद भुजेललाई सहन्यायाधिवक्ताको रुपमा नियुक्त गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद बैैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयको प्रस्तावमा न्याय सेवा सरकारी वकिल समूह राजपत्रांकित प्रथम समूहका सहसचिव वा सो सरहको सहन्यायाधिवक्ता पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
साथै भुजेलको उच्च सरकारी वकिल कार्यलय धनकुटामा पदस्थापन गरेको छ । उद्योग बाणिज्य तथा आापूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रालयका सहसहचिव बलराम रिजाललाई विषेश आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक समेतको काम गर्ने गरी तोकेको छ । परराष्ट्र मन्त्रालयको प्रस्तावमा श्रीलंकाद्धारा आयोजना गरिने २१ औं विमस्टेक अफिसर्स मिटिगमा नेपालको तर्फबाट सहभागी हुन मन्त्रालयका सचिवको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधि मण्डल गठन गर्ने निर्णय सरकारले गरेको छ ।
सार्क मन्त्रिपरिषदको औपचारिक बैठकमा परराष्ट मन्त्रीको नेतृत्वमा चार सदस्यीय प्रतिनिधि मण्डल गठन गर्ने निर्णय पनि सरकारले गरेको छ ।
रातोपाटीबाट साभार ।।।
प्रतिकृया