काठमाडौं । राष्ट्रिय खेलाडी चन्द्रकला लाम्गादेलाई ‘दलित’ भएको आधारका कुटपिट गरेको भन्दै राष्ट्रिय खेलकुद परिष्दले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
परिषद्का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर सो घटनाले संविधान र राज्यलाई चुनौती दिन खोजेको महसुस भएको बताएका छन् ।
भदौ ८ मा झापाको मेची नगरपालिका–१३ चारआलीमा दुर्गा श्रेष्ठ र उनकी पत्नी ४५ बर्षिय विष्णु श्रेष्ठले चन्द्रकलालाई कुटपिट गरेका थिए । कुटपिटमा संलग्न दम्पतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
‘कुटपिटमा संलग्नलाई जातिय भेदभाव गरेको कसुरमा म्याद लिएर अनुस्न्धान गरिरहेका छौं’ डिएसपी थापाले रातोपाटीसँग भने ।
चन्द्रकला ज्याब्लीङ र शर्टपुटको कीर्तिमानी राष्ट्रिय खेलाडी हुन् । राष्ट्रिय खेलकुद परिषद्ले दोषीलाई हदैसम्मको कारवाही गर्न माग गरेको छ ।
रातोपाटीबाट साभार ।।।
प्रतिकृया