
अस्थायी प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव भेटिएको छ । झण्डै ६० घण्टादेखि वेपत्ता प्रहरी जवान साउदको शव मोहना नदीमा फेला परेको हो ।
बेपत्ता भएदेखि उनको खोजि कार्य प्रहरीले जारी राखेको थियो । गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र जवान साउद वेपत्ता भएका थिए ।
सलियापार र बनकट्टीको घाटको बीचमा असइ बिकको शव फेला परेको थियो । प्रहरी जवान साउँदको शव भने बिकको शव फेला परेको स्थानबाट दुई सय मिटर माथि नदीमै फेला परेको हो ।प्रहरीले बिकको हत्यामा संलग्न गिरोहलाई पक्राउ गरिसकेको जनाएको छ । संलग्न मध्ये केही अझै भागिरहेकाले खोजी तिव्र पारिएको छ ।
पक्राउ परेका अभियुक्तहरुले सुरुमा जवान साउदकै हत्या गरि नदिमा फालेको र पछि असई को हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोत बताउछ।
खबरदाता- देबेन्द्र साउद बाट साभार गरिएको हो।
प्रतिकृया