बाजुरा- बुढीगंगा नगरपालिका वडा नं १० मा नेकपा एमालेका उम्मेदवार दल बहादुर साउद विजयी भएका छन् । काँग्रेसका उम्मेदवार मोहन बहादुर बुढालाई पराजित गर्दै साउद विजयी भएका छन् ।
विजयी दल बहादुर साउदले ५ सय ४८ मत ल्याएका छन्, भने मोहन बहादुर बुढाले ४ सय ९१ मत ल्याएका छन् ।
सोही वडा बाट एमालेका नगरप्रमुखका उम्मेदवार राम बहादुर बाँनियाले ६ सय २ काँग्रेसका उम्मेदवार रङ्ग बहादुर खातिको ४ सय ३६ मत ल्याएका छन् ।
उपप्रमुख एमाले उम्मेदवारको ५ सय ७५ र नेपाली काँग्रेस उपमेयर ४ सय ७१ मत ल्याएका छन् । १७ सय ७८ मतदाता रहेको वडामा ११ सय ९ मत खसेको थियो ।
प्रतिकृया