काठमाडौं । केही समयअघि सम्म रत्नपार्कमा बसेर मुकुन्दल्याण्डको परिकल्पना गर्ने र देशका नेताहरुलाई गाली र सुझाव दिने तथा खरो प्रतिक्रिया दिने मुकुन्द घिमिरे (मुकुन्दे)ले गायक पशुपति शर्मा कता हराएको भन्दै प्रश्न गरेका छन् । घिमिरेले ओली सरकार हुँदा लुट्न सके लुट भनेर घोक्रो फुलाउने गाइने देउवा सरकार हुँदा कता हराएको भन्दै तिखो व्यंग्य गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै घिमिरेले लेखेका छन् ‘ओली सरकार हुँदा लुट कान्छा लुट भनेर घोक्रो फुलाउने गाइने देउवा सरकार हुँदा कता म’यो? कि त्यसलाई जापान पनि यही अमेरिका पनि यही चाँदी कटाई भएको छ अहिले?’
केही समयअघि सम्म रत्नपार्कमा बसेर मुकुन्दल्याण्डको परिकल्पना गरीरहेका मुकुन्द घिमिरेले संघीय संसदका लागि गगन थापासँग भिड्ने तयारी गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ४ मा स्वतन्त्र उमेदवारी दिने तयारी गरेका हुन् । सार्वजनिक स्थलमा गहकिला भाषण गर्ने र सामाजिक सञ्जालमा पनि उतिकै चर्चा बटुलेका घिमिरेले गृहजिल्ला भोजपुरभन्दा टाढा उम्मेदवारी दिने भएका छन् ।
काठमाडौं क्षेत्र नं. ४ नेपाल काँग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो । घिमिरे ‘मुकुन्दे’ नामले परिचित छन् भने ‘मुकुन्दल्यान्ड’ नामक एजेन्डालाई पोलिटिकल एजेन्डा बनाएका छन् ।
यो पनि पढ्नुहोस
माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् ।
कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?
माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?
प्रतिकृया