अछाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) बाट उम्मेदवारी दिने सम्भावना रहेका नेताका रूपमा पार्टीका अछाम जिल्ला सभापति ओमप्रकाश रावलको नाम चर्चामा आएको छ। पछिल्लो समय जिल्लामा संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र राजनीतिक गतिविधिमा सक्रिय देखिएपछि रावललाई सम्भावित उम्मेदवारका रूपमा हेरिन थालिएको हो।
ओमप्रकाश रावल लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका व्यक्तित्व हुन्। उनले विशेषगरी युवालाई राजनीतिमा सहभागी गराउने, पारदर्शी शासन प्रणाली स्थापना गर्ने र भ्रष्टाचारविरुद्ध आवाज उठाउने विषयलाई प्राथमिकतामा राख्दै आएका छन्। रा.स्व.पाले अघि सारेको सुशासन, जवाफदेहिता र नयाँ राजनीतिक संस्कृतिको अभियानसँग उनको विचार मेल खाने बताइन्छ।
स्थानीय तहदेखि संघीय तहसम्म देखिएका विकासका समस्या, रोजगारीको अभाव, शिक्षा र स्वास्थ्य क्षेत्रका चुनौतीलाई संसद्मा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता उनले सार्वजनिक मञ्चहरूमा व्यक्त गर्दै आएका छन्। उनका समर्थकहरूका अनुसार अछाम क्षेत्र नं. १ मा पुरानै राजनीतिक प्रवृत्तिभन्दा फरक, नयाँ सोच र ऊर्जाशील नेतृत्व आवश्यक रहेको र त्यसका लागि रावल उपयुक्त विकल्प हुन सक्ने विश्वास गरिएको छ।
यद्यपि रा.स्व.पाले औपचारिक रूपमा उम्मेदवारको घोषणा गरिसकेको छैन। तर ओमप्रकाश रावलको सम्भावित उम्मेदवारीले अछामको चुनावी माहोललाई थप चासोपूर्ण बनाउने संकेत देखिएको छ।
प्रतिकृया