फेरै छ सुवाको मन कर्नाली फेरै छ
भन्नाकि त भनिहेल्याँ भरोसा तेरै छ
रिसराग काट्यामार बाँच्नासम्मको हो
बगी जान्या खोलाजसो परानी के रैछ
उसो त अैलका जुग को रनोछ भोकै
सुर्ताल मन पिरतील मुटु खाने रैछ
कोथल्या आँसील हान्नु पड्डैन हजुरौ
एक नाटा बचनल पन मान्छ्या मद्दे रैछ

प्रतिकृया